Logo
२७ असोज २०८२, सोमबार

अख्तियार प्रमुखको राजीनामा माग गर्दै जेनजी मुभमेन्ट अलायन्सद्वारा निवेदन दर्ता

अक्षरपाटी
२०८२ असोज २१ , मंगलबार ११:१० मा प्रकाशित

काठमाडौँ । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै निवेदन दर्ता गराएको छ ।

अलायन्सले मंगलबार अख्तियारमै पुगेर निवेदन दर्ता गराएको हो । अलायन्स विभिन्न जेनजीहरुको समूह हो ।

अलायन्सले राईसहित सबै आयुक्तहरूले समेत तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ । अलायन्सले खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकहरूलाई नयाँ प्रमुख आयुक्त नियुक्त गर्न सरकारसँग माग गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अख्तियार प्रमुख