काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग मन्त्री अर्यालले छलफल गरेका हुन् ।
छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनबारे कुराकानी भएको थियो । यसका साथै अहिलेको सुरक्षा चुनौतीबारे पनि छलफल भएको बुझिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याल