काठमाडौं। आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ अकासीयको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कारोबार भइरहेको छ।
बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।
शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३ड हजार पुगेको हो।
चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।