Logo
२९ असोज २०८२, बुधबार

प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त

अक्षरपाटी
२०८२ असोज २९ , बुधबार ११:१० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त भएका छन् । रावल नेपालखबरका सम्पादक हुन् ।

उनले यसअघि ग्यालेक्सी फोरले टिभी, कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरिसका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक तहको अध्ययन गरेका छन् ।

रावल प्रधानमन्त्रीको प्रेस संयोजक भएसंगै नेपालखबरको सम्पादकबाट बिदा लिएका छन् ।