Logo
२९ असोज २०८२, बुधबार

सुध्रिएनन् भन्नेहरूलाई ओलीको जवाफ- बिग्रिएको भए पो सुध्रिनु त !

अक्षरपाटी
२०८२ असोज २९ , बुधबार ०२:१० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले करिब एक घन्टा बोले।

उनले भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछिका विकसित राजनीतिक घटनाक्रमका बारेमा टिप्पणी गर्न धेरै समय खर्च गरेका थिए।

साथै पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले एकमनाका साथ अघि बढ्नुपर्ने उनले बताए।

सचिवालय बैठकले पार्टीलाई एकताबद्ध गरेको र केन्द्रीय कमिटीले पनि सोही भावनाअनुसार एकताबद्ध बनाउने उनको भनाइ थियो।

अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा बोलेका विषयहरूलाई १२ बुँदामा यसरी प्रस्तुत गर्न सकिन्छः

१. भदौ २३ र २४ को आन्दोलन प्रतिक्रान्ति हो, प्रतिगमन हो। यसलाई रोक्न एमाले पङ्ति तयार हुनुपर्छ। जेनजी पुस्ताको माग भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल खोल्नुपर्छ भन्ने थियो। भदौ २३ गतेदेखि नै जेनजी पुस्ताबाट अरूले नै आन्दोलन खोसिसकेका थिए।

२. एमालेलाई सरकारमा जान नदिन विगतमा पनि धेरै प्रयास भएका थिए। एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम कसैले नपाले हुन्छ। एमालेलाई पहिले पनि अनुचित ढंगबाट सरकारबाट हटाइएको थियो, फेरि तीन वर्षमै एमाले सरकारमा आएको थियो।

३. एमाले चटकेहरूको पार्टी होइन। जता हावा चल्यो उतै सिमलको भुवाजस्तो पार्टी होइन। कसैकसैले अध्यक्ष छाँडे भनेर मानिस अलमल्याएका छन्। एमाले त्यस्तो पार्टी होइन।

४. पार्टी विभाजन गर्ने गराउनेहरू एमाले फर्किए हुन्छ। कतिपय एकीकृत समाजवादीका साथीहरू कहाँ बास पाइन्छ भनेर अरूको बलेसी खोज्दै हुनुहुन्छ। एमाले नै ठूलो घर छ। यहीँ आए हुन्छ।

५. देश सिंहदरबार जलाउने, लुटपाटमा लाग्ने र विभिन्न सामान चोर्नेहरूले देश बनाउँदैनन्।

६. जतिबेला पार्टी अप्ठ्यारोमा पर्छ पार्टीभित्रै असहज परिस्थिति सिर्जना गर्न खोजिन्छ, राम्रा काम हामी गरिरहेका छौं तर यही फाइदा विरोधीहरूले लिन्छन्। पार्टीभित्र सुदृढ एकताको खाँचो छ। यस्तो प्रतिकूल अवस्थामा पनि जो एकताबद्ध बनाउन लाग्नुभयो, पार्टीका पक्षमा उभिनुभयो उहाँहरूलाई धन्यवाद छ।

७. कतिपय साथीहरू भन्छन्- भदौ २३ गते यस्तो हुँदा पनि पूर्वजानकारी थिएनरु जानकारी थियो, किन नहुनुरु चैत १५ गते नै संसद भवन जाने भनेका होइनन्रु सिंहदरबार जलाउँछौं त भनिराखेकै थियो त। तर भदौ २३ गते यस्तो घटना घटाउलान् भनेर सोचिएको चाहिँ थिएन।

८. कतिपय बौद्धिक मानिसहरूले भन्छन्- केपी ओली सुध्रने छाँट नै छैन। केपी ओली कहिल्यै बिग्रेको भए पो सुध्रनु।

९. कतिपय आफूलाई विद्वान भन्नेहरू ओलीले नेतृत्व छाड्नुपर्छ भनिरहेका छन्, फेसबुकमा लेखिरहेका छन्। फेसबुकमा भनेर मैले राजीनामा दिने होइन। यो पार्टी कमिटीले आदेश दियो भने म नेतृत्वमा बस्दिनँ।

१०. कतिपयले केपी ओलीलाई अब बोकेर जान सकिँदैन भनेका छन्। किन बोक्नुपर्‍योरु म हिड्न सक्दिनँ ररु दौडिन सक्छु।

११. हिजो दुई तिहाइ सरकारले गरेको संसद विघटन असंवैधानिक भन्नेहरू अहिले असंवैधानिक सरकारले विघटन गरेको प्रतिनिधि सभामा लतारिएका छन्।

१२. देशका सबै दल, नागरिक समाज र आमनागरिकलाई यो प्रतिगमनविरूद्ध लाग्न संविधान र लोकतन्त्रका पक्षमा उभिन र प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हिँड्न म आह्वान गर्छु।

केपी शर्मा ओली

ट्रेन्डिङ ( साप्ताहिक )