Logo
३० असोज २०८२, बिहीबार

रोकिएन नेप्सेको ‌ओरालो यात्रा: १८ अंकले घट्यो, कारोबार ३ अर्ब २७ करोडमा सीमित

अक्षरपाटी
२०८२ असोज ३० , बिहीबार ०३:१० मा प्रकाशित

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोडको सेयर कारोबार भएको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् । युनिक नेपाल लघुवित्तका लगानीकर्ताल। ७.३३ प्रतिशतका दरले गुमाएका छन् ।

आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक ९.९३ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.६९ प्रतिशतका दरले कमाएका छन् ।

मुक्तिनाथ विकास बैंकको आज सर्वाधिक १५ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से