काठमाडौं । तिहार बिदापछि खुलेको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा अडिएको छ।
यसदिन ३१३ स्क्रिप्सको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर २ अर्ब ६६ करोड १३ लाख २ हजार २८४ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले बढेको सेयर बजारमा यसदिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १० प्रतिशत बढ्यो।
यसैगरी समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर ८.८९ प्रतिशतले बढ्दा हिमालयन पावर पार्टनरको ७.६३,नेपाल रिइन्स्योरेन्सको ७.१० र महिला लघुवित्त वित्तीय संस्थाको ६.०५ प्रतिशतले बढ्यो।
कारोबारमा आएकामध्ये ९८ वटा स्टक्सको मूल्य बढ्दा १४६ वटाको घट्यो। ४ स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।
लाइफ इन्स्योरेन्स,मनु एण्ड प्रो, नन लाइफ इन्स्योरेन्स ,अदर्श र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्यको घटेको हो।
नेप्से



