Logo
३ मंसीर २०८२, मंगलबार

जेनजी आन्दोलनः २३ अर्बको बीमा दाबीमा साढे दुई अर्ब भुक्तानी

अक्षरपाटी
२०८२ कात्तिक १४ , शुक्रबार ०९:१० मा प्रकाशित

काठमाडौं । भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब २३ करोड ३७ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिव २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको करिव १९ अर्ब १ करोड ९४ लाख दाबी रकममध्ये करिव २ अर्ब २७ करोड ११ लाख र मोटर बीमातर्फ २ हजार २७० दाबीको करिव ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये करिव ४७ करोड ७७ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको करिव ३६ करोड ७९ लाख दाबी रकममध्ये करिव ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० वटा दाबीको करिव ३८ करोड ७२ लाख दाबी रकममध्ये करिव २२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको छ ।

परिवहन बीमातर्फ १२ वटा दाबीको दाबी रकम करिव १ करोड ६६ लाख रहेको छ।