
काठमाडौं। भारतको बिहार राज्यमा आज दोस्रो चरणको विधानसभा निर्वाचन हुँदैछ।
१२२ विधानसभा निर्वाचन क्षेत्रमा हुन लागेको मतदानका कारण आज पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको छ।
आज बिहारमा एक हजार ३०२ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।
पूर्वी नेपालका मोरङ, सुनसरीको सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो। आजको मतदानपछि सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ ।
नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए।
आजको मतपरिणमले बिहारमा नयाँ सरकार गठनसँगै बिहारको राजनीतिक भविष्य निर्धारण गर्नेछ।



