Logo
३ मंसीर २०८२, मंगलबार

सुनको मूल्यमा तोलामा ३८ सय रुपैयाँले घट्यो

अक्षरपाटी
२०८२ मंसीर ३ , मंगलबार ११:११ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ।

छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

सुनचाँदी