
काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउने भएपछि तनावको वातावरण बनेको छ।
कैलालीको धनगढीमा बस्नेतले एक राजनीतिक सभामा भाग लिने भएपछि यहाँ व्यापक विरोध प्रदर्शन भएको छ।
जेनजी युवाहरुले प्लेकार्डसहित विरोध प्रदर्शन गरेपछि सुरक्षा तैनाथी बढाइएको छ। सडकमा सुरक्षाका लागि सेनासमेत देखिएका छन्।
भदौ २३ र २४ गतेको एजेजी आन्दोलनले एमाले नेतृत्वको सरकारलाई सत्ताच्युत गरेपछि बस्नेत जेनजी युवाप्रति भडकिलो वक्तव्य दिँदै आएका छन्।
उनको आक्रामक अभिव्यक्तिको प्रतिउत्तरमा जेनजी युवाहरुले पनि निरन्तर प्रदर्शन गर्दै आएका छन्।
केही दिनअभि सिमरामा एयरपोर्टमै अवरोध पुर्याएका जेनजीले मंगलबार सुर्खेतमा विरोध गरेका थिए।
इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा त्यहाँका जेनजी युवाले बस्नेतको गाडीमा रातो रङ भरिएको बेलुनले हानेका थिए।




