
धनगढी। नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ भारतको पिथौरागढमा सुरु भएको छ।
अभ्यासको १९ औँ संस्करण मंगलबारबाट पिथौरागढमा सुरु भएको हो। आतंकवादविरुद्धको अपरेशन र विपद व्यवस्थापन जस्ता क्षेत्रहरुमा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले यो अभ्यास गरिँदै आएको हो।
सैन्य अभ्यासमा विभिन्न गतिविधिहरु मंसीर २२ गतेसम्म सञ्चालन हुने बताइएको छ। दुवै पक्षले सैन्य संस्कृति, सिद्धान्त, अभ्यास र प्रक्रिया सहितका उत्कृष्ट अभ्यासहरुबारे आपसी समझदारी बढाउने विश्वास लिएका छन्।
यो अभ्यासले भारत र नेपालबीच रहेको मित्रता, विश्वास र साझा सैन्य सम्बन्धलाई अझ बलियो बनाउने बताइएको छ।



