
तर रमाइलो के भने तिनै कांग्रेसजन कैलालीको क्षेत्र नम्बर ४ र ५ मा भने यहाँ नेता नै नभए झैँगरी खाेजीखाेजी ‘टुरिस्ट नेता’लाई आमन्त्रण गर्न आतुर बनिदिन्छन।
O शंकर खैराली
कैलाली । जान त एमालेपछि कांग्रेस पनि संसद विघठन अवैधानिक भन्दै पुन:स्थापनाकाे माग लिएर अदालत गएको छ।
जेनजी आन्दाेलनपछि विशेष परिस्थितिमा गठन भएकाे वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन तय गरेको छ। तय मात्र होइन चुनावी प्रक्रिया धेरै अघि बढेको छ।
जुन प्रक्रियामा अदातल पुगेका दल सहभागी भएका छन्। दल दर्ता गरेर चुनाव चिन्ह पनि पाइसकेका छन्।
दुई ठूला दल एकातिर संसदपुन:स्थापनाकाे माग र अर्काेतिर आसन्न निर्वाचनकाे तयारीस्वरुप उम्देदवार छनाेटको गलफत्तीमा लागेर दाेहाेराे भूमिकामा देखिएका छन्।
कैलाली कांग्रेस पनि चुनावी गर्मीले निकै तातिएको प्रतित हुन्छ। जसले पार्टीको महाधिवेशनभन्दा उम्मेदवार छनाेटलाई बढी प्राथमिकता दिएको देखिन्छ।
उम्मेदवार सिफारिसको सवालमा कैलालीका क्षेत्र नम्बर १ र २ त्यति गर्माएको देखिँदैन । तर क्षेत्र नम्बर ३, ४ र ५ मा भने उम्मेद्वार सिफारिस नै ‘निर्वाचन नै जित्नु’ सरह चर्चा गरिएको छ।
उम्मेद्वारकै चर्चा चलिरहँदा ‘नेपाली काङ्ग्रेश कैलाली क्षेत्र न ३’ नामकाे फेसबुकमा लेखियाे- ‘कैलाली क्षेत्र न.३ नेपाली काङ्ग्रेसबाट टुरिस्ट उमेदवारको हिजो आज चर्चा देखेर एउटा कुरा भन्न मन लाग्यो! यो क्षेत्रबाट सिफारिस भएका ४ जनामध्य जो आएनी स्वीकार गरिन्छ! बाकी जो आएनी हामी सहयोग गर्दैनौ!’

उक्त फेरबुकबाट लक्षित गरिएको ‘टुरिस्ट उम्मेदवार’ भनिएका चर्चामा रहेका व्यक्ति हुन डा प्रदीप मिश्र। जाे लामो समयदेखि धनगढी सेती प्रादेशि अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञका रुपमा कार्यरत छन्। झन्डै दुई दशकदेखि चिकित्सा क्षेत्रमा रहेका उनी नेपाली कांग्रेका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रका छाेरा हुन्।
याे मात्र उनको परिचय हाेइन, उनी असल समाजसेवी समेत हुन्। हाल कार्य क्षेत्र धनगढी भए पनि उनको घर कैलालीको साविक क्षेत्र नम्बर ३ जोशीपुर हो। देश संघीयतामा गएपछि उनको घर क्षेत्र नम्बर १ को नक्साङ्कनमा पर्न गयाे। जसको कांग्रेससँग पारिवारिक लिगेशी लामो छ।
ठट्टा गर्नेहरुले भन्छन- डा प्रदीपको त डीएनए गरे पनि कांग्रेस नै देखिन्छ होला। तर उम्मेदवार सिफारिसको सिलसिलामा युवा पुस्ताले उनको नाम चर्चामा ल्याएपछि उनलाई लक्षित गर्दै कांग्रेस नामकै फेसबुकमा ‘टुरिस्ट’ लेखियाे।
यद्यपि डा मिश्र भने आजै राजनीतिमा आउनेभन्दा पनि विषय विज्ञतामार्फत नै सकेको समाज सेवा गर्ने मनस्थितिमा रहेको उनी निकटकाले बताउने गरेका छन्।
तर रमाइलो के भने तिनै कांग्रेसजन कैलालीको क्षेत्र नम्बर ४ र ५ मा भने यहाँ नेता नै नभए झैँगरी खाेजीखाेजी ‘टुरिस्ट नेता’लाई आमन्त्रण गर्न आतुर बनिदिन्छन।
विगतमा ‘आयातित नेता’लाई घर किनाएर समेत स्थानीय बनाएका कैलाली क्षेत्र नम्बर ५ बासीले जेनजी आन्दाेलनमा अस्वीकृत भएको विर्सेर पनि आरजु राणाकै नाम यसपटक पनि अग्रपंतीमा राखेर सिफारिस गरे।
त्यही हवीगत हुँदै आएको छ- कैलाली क्षेत्र नम्बर ४ को पनि। गत निर्वाचनमा डाेटीबाट ‘खाेजेर ल्याए झैं’ बीरबहादुर बलायरलाई टिकट दिइयाे। कैलालीको सबैभन्दा ठूलाे विकट पहाडी भू-भाग ओगटेको क्षेत्र नम्बर ४ मा उनी चुनावी अभियानमा तराइँ बेल्टमै रुमल्लिए । जितेर गए पछि पनि उनी कहिल्यै पहाड उक्लेनन्। यसपटक पनि उनको नाम अग्रपंतिमा सिफारिस गरिएकाे छ।
क्षेत्र नम्बर ४ मा स्थानीय माटाेमै बसेर वर्षाैँ राजनीति गर्नेहरु कम छैनन् । तर निर्वाचन क्षेत्र खोजिरहेका कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरकाे नाम पनि ‘आयातित नेता’का रुपमा त्यहीँबाट सिफारिस गरिएको छ। उनी युवा नेता भएकाले विमति जनाउनेहरु धेरै छैनन्।
साँच्चै क्षेत्र नम्बर ४ मै बसेर राजनीति गरिरहेका दिनेशराज जाेशी, लाेकराज पाण्डे आगाे, टेकराज जाेशी भुवन महराहरुको नाम बाना मिलाउनका लागि मात्रै सिफारिस गरिएको टिप्पणी कांग्रेसीहरु नै गर्दै हिँडेका छन्।
यता क्षेत्र नम्बर ५ मा अग्रपंतिमा सिफारिस भएका नामहरुमा आरजु राणा देउवा एकपटक निर्वाचन हारेपछि अर्कोपटक समानुपातिकबाट सांसद बनेर परराष्ट मन्त्री बनिसकेकी पात्र हुन्।
डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्य भइसकेका पात्र हुन भने, नृपबहादुर वड धनगढी उपमहानगरपालिकाको मेयर बनेर अर्को कार्यकालका लागि चुनाव हारे पनि पार्टीको केन्द्रीय सदस्य मनाेनित भएका व्यक्ति हुन्। सिफारिस भएका नरनारायण शाह मनु भने लाभकाे पद र राज्यबाट पाउने सेवासुविधा भाेग नगरेकाे नाम हाे।
उम्मेदवार बन्ने इच्छा नै नदेखाए पनि युवा पुस्ताले रुचाएका र चर्चा गरिदिएकै कारण डा मिश्रलाई लक्षित गरेर ‘टुरिसुट नेता’ भन्ने कांग्रेसजनहरु क्षेत्र नम्बर ५ र ४ का सवालमा भने माैन देखिन्छन्। कैयाैँ नाममा अस्वीकृति भए पनि सार्वजनिक रुपमा जाहेर गर्दा ‘माथिकाे डण्डा’ खाइएला कि भन्ने मनाेदशाले उम्दा कांग्रेसी पनि लाचार देखिन्छन्।
चिया चाैताराेमा सुनिने अस्वीकृति निर्वाचन परिणाममा भने पक्कै देखिने दाबी कांग्रेसीहरु गर्छन्, भन्छन- ‘कांग्रेस हराउन कोही चाहिँदैन, काँग्रेसी नै काफी छन्।’
कैलाली नेपाली कांग्रे


