Logo
२ पुस २०८२, बुधबार

‘नाकछोङ’को ट्रेलर सार्वजनिक

अक्षरपाटी
२०८२ पुस २ , बुधबार ०२:१२ मा प्रकाशित

काठमाडौं । नाक्छोङको कथामा निर्माण भएको फिल्म ‘नाकछोङ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

पिताको निधनपछि उनको इच्छा अनुसार ‘आत्मा’ बाटो लगाउन राई समुदायमा गरिने परम्परागत सँस्कारलाई कुलको बिजुवा अर्थात् नाकछोङ भनिन्छ।

नाकछोङको ट्रेलरमा बिजुवाका लागि एक छोराले परिवार, समाज र समयसँग गर्नुपर्ने गहिरो आन्तरिक तथा सामाजिक संघष समेटिएको छ।

फिल्मको लेखन तथा निर्देशन किरण राईले गरेका हुन्, भने निर्माता ज्योतीराज राई रहेका छन्।

फिल्मले राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याट्रिक भाषामा पुनर्जीवित गर्ने निर्माता राईले बताए ।

फिल्ममा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई ,तुलशा लिम्बु लगायत कलाकारको अभिनय छ।

नाकछोङ