Logo
८ पुस २०८२, मंगलबार

तत्कालीन गृहसचिवसहित तीन जनाको स्थानहद हटाइयो

अक्षरपाटी
२०८२ पुस ८ , मंगलबार ०४:१२ मा प्रकाशित

काठमाडौं । जेनजी आन्दाेलनका क्रममा जिम्मेवारीमा रहेका तीन जनाको स्थानहद फुकुवा गरिएको छ ।

जाँचबुझ आयोगले पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको पत्रमा उनीहरूको स्थानहद फुकवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने बताइएको छ ।

उनीहरुसँग बयान सकिएकाले स्थानहद फुकुवा गरिएको हो । यसअघि गुप्तचरका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो ।

जेनजी आन्दोलनको क्रममा भएको दमनबारे छानबिन गर्नुपर्ने भन्दै उनीहरूलाई स्थानहद तोकिएको थियो ।