Logo
११ पुस २०८२, शुक्रबार

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

अक्षरपाटी
२०८२ पुस ११ , शुक्रबार ०९:१२ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीजनहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको शुभकामना व्यक्त गरेका छन्।

विक्रम संवत २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै सरकारले सो दिनलाई आधार मानेर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरेको हो।

यस वर्ष पनि ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ।

ज्येष्ठ नागरिकहरूको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उनीहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उचित सम्मान र संरक्षण गर्न सके मात्र यो दिवस सार्थक हुने विश्वास राष््टपति पौडेलले व्यक्त गरेका छन्।

उनले एक सुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकको रूपमा रहनु भएको छ । उहाँहरूको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, संघसंस्था तथा तीनै तहका सरकारहरूबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानीत व्यवहार र सहज जीवनयापनका लागि सामुहिक प्रयास गर्न सबैमा म आग्रह गर्दछु।’

रामचन्द्र पाैडेल राष्ट्रपति