
काठमाडौं। नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट दिने सम्झौता भएको छ।
नागरिक लगानी कोषका सभभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले २० प्रतिशतसम्म छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
यो छुट अस्पतालमा उपलब्ध सबै सेवामा प्रदान गरिने सम्झौतामा उल्लेख छ । छुट सम्बन्धी सम्झौता पत्रमा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउने भएका छन्। छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ।
नागरिक लगानी कोष


