Logo
११ पुस २०८२, शुक्रबार

रविका सारथि, पूर्वसञ्चारकर्मी न्यौपाने रास्वपाबाट समानुपातिक उम्मेदवार

अक्षरपाटी
२०८२ पुस ११ , शुक्रबार ०३:१२ मा प्रकाशित

काठमाडौं। दुई दशकभन्दा लामो समय पत्रकारिता गरेका पूर्वसञ्चारकर्मी प्रमोद न्यौपाने समानुपातिक उम्मेदवारको आकांक्षी बनेका छन्।

न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारको आकांक्षी भएका हुन्। रास्वपाका सभापति रवि लामिछानेको हरेक विषयलाई प्रत्यक्ष रुपमा सुसूचित गर्ने न्यौपाने ग्यालेक्सी फोर के टेलिभिजनमा सम्पादकका रुपमा थिए। त्यसअघि उनले दर्जन बढी सञ्चारमाध्यममा कुसलतापूर्वक काम गरिसकेका छन्।

पत्रकारिता छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा लागेका उनी सिन्धुपाल्चोकबाट खस–आर्यतर्फ पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा उत्रिएका हुन्।

लामिछानेविरुद्ध सरकारले प्रतिशोध साँधेको भन्दै उनी देशभर हस्ताक्षर संकलन अभियानमा अग्रपंतिमा जुटेका थिए।

न्यौपाने आफ्नो उम्मेदवारीको दाबी प्रस्तुत गर्दै पार्टीको नीति र नेतृत्वलाई संसदीय मोर्चामा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै, उनले आन्तरिक लोकतन्त्र र विधि–प्रक्रियाको सम्मान गर्ने, जनमैत्री नीति निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, सुशासन अभिवृद्धि र भ्रष्टाचारविरुद्धको आवाज बुलन्द बनाउने बताएका छन् ।

न्यौपानेले सु–संस्कृत र जनकेन्द्रित संसदीय अभ्यासलाई बढावा दिन र पार्टी सदस्यहरूको विचार र भावनाको सच्चा प्रतिनिधित्वका लागि आफ्नो उम्मेदवारी रहेको प्रस्ट्याएका छन्।

न्यौपानेसँगै पार्टी सभापति रवि लामिछानेलाई निरन्तर साथ दिएकी प्रतिभा रावल पनि समानुपातिक उम्मेदवारको आकांक्षी रहेकी छन्।

प्रमोद न्यौपा