Logo
१५ पुस २०८२, मंगलबार

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन

अक्षरपाटी
२०८२ पुस १५ , मंगलबार १०:१२ मा प्रकाशित

एजेन्सी। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ।

बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) कि अध्यक्ष समेत रहेकी उनको स्थानीय समयअनुसार आज बिहान ६ बजे निधन भएको हो।

बिएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत उनको निधन भएको सूचना सार्वजनिक गरेको छ।

सन् १९४५ मा जन्मिएकी जिया लामो समयदेखि मुटु, कलेजो, मिर्गौला, मधुमेह, बाथ रोग र आँखासम्बन्धी समस्याहरूसँग जुधिरहेकी थिइन्।

खालिदा जिया बंगलादेशको पहिलो महिला प्रधानमन्त्री थिइन्। सन् १९९१ को आम निर्वाचनमा विजयी भएपछि उनी पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्।