Logo
१९ वैशाख २०८३, शनिबार

अन्यौलमा नेपाल अटोमोबाइल्स एसोसिएसनको निर्वाचन

अक्षरपाटी
२०८२ पुस १६ , बुधबार ११:१२ मा प्रकाशित

काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को आसन्न पुस २५ को निर्वाचन अन्यौलमा परेको छ।

पुरानो सहमति तोडिएको र विधान मिचिएको भन्दै असन्तुष्ट पक्षले निर्वाचनमा भाग नलिने घोषणा गरेसँगै निर्वाचन अन्यौलमा परेको हो।

करण चौधरी पक्ष उच्च अदालतको आदेश पर्खेर बसेको छ। नाडाका पदाधिकारी भने निर्धारित समयमै निर्वाचन हुने दावी गरिरहेका छन्।

नाडाको ४७ औँ साधारणसभामा वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने सहमति भए पनि त्यो सहमति कार्यान्वयन नभएपछि असन्तुष्ट पक्ष अदालत गएको हो।

अब पुस २५ मा नाडाको निर्वाचन हुने वा नहुने भन्ने कुरा अदातलको आदेशमा भर पर्ने भएको छ। अदलतको सुनुवाइ आज १६ गतेका लागि तोकिएको छ।