Logo
१६ पुस २०८२, बुधबार

नेप्से परिसूचक १०.८७ अंकले वृद्धि

अक्षरपाटी
२०८२ पुस १६ , बुधबार ०५:१२ मा प्रकाशित

काठमाडौं । आज सेयर बजार उकालो लागेको छ। बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढेर २,६३३ को बिन्दुमा कायम भएको हो।

आज बुधबार १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्य ओरालो लागेको छ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चरको सेयर कारोबार भएको छ। यस कम्पनीको १७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बन्दीपुर केलकारको १५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यो सबै गरेर आज ५ अर्ब १३ करोडको सेयर कारोबार भएको हो।

आज सबैभन्दा धेरै एसवाई प्यानल र न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्।

नेप्से सेयर बजार

ट्रेन्डिङ ( साप्ताहिक )