Logo
१७ पुस २०८२, बिहीबार

५ दिनमा ११ हजारले घट्यो सुनको मुल्य

अक्षरपाटी
२०८२ पुस १७ , बिहीबार ११:०१ मा प्रकाशित

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

५ दिनमा सुनको भाउ ११ हजार रुपैयाँले घटेको छ । गत पुस १३ गते सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय पुगेर नयाँ रेकर्ड राखेको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेर ४४१५ रुपैयाँ कायम भएको महासँघले जनाएको छ ।

सुनचाँदी