

काठमाडौं। नेपाली काँग्रेसको नियमित महाधिवेशन निर्धारित समयमा हुन नसकेपछि अब विशेष महाधिवेशनको विकल्प नरहेको त्यसका पक्षधरले बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिहीबार नै विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित भएको र अबको विकल्प विशेष महाधिवेशन रहेको बताइसकेका छन्।
उनीहरुले यसैको तयारी स्वरुप आज नेपाली कांग्रेसले आज दिउँसोका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
कार्यसम्पादन समितिबाट छलफल गरेर विधान अनुसार विशेष महाधिवेशनको विकल्प नभएको विशेष महाविधवेश पक्षधरको तर्क छ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छन्।
जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उनीहरूले विशेष महाधिवेशनको माग गर्दै आएका छन्।
आज बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेको विशेष महाधिवेशनका लागि सहमति जुटाउने कसरतमा महामन्त्रीद्वय थापा र शर्मा रहेको बुझिएको छ।
त्यसो हुन नसके महामन्त्रीको काम, कर्तव्य, अधिकार प्रयोग गर्दै उनीहरु विशेश महाधिवेशन पुस २७ र २८ मै गराएर छोड्ने मनस्थितिमा रहेको बुझिएको छ। त्यसका लागि उनीहरुले भृकुटीमण्डपमा हल समेत भाडामा लिइसकेका छन्।
यता पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा अब विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन्।
उनले भने, ‘काँग्रेससँग विशेष महाधिवेशनमा जानुको अब कुनै विकल्प बाँकी छैन।’
गगन थापा नपाली कांग्रेस विशेष महाधिवेशन विश्वप्रकाश शर्मा



