

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै म्यादी (निर्वाचन) प्रहरीको भर्ना खुला गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गतको भर्ना छनोट शाखाले सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी माग गरेको हो।
सूचनाअनुसार भर्नाका लागि पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ। बिदाका दिनसमेत दर्खास्त लिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
इच्छुक उम्मेदवारहरूले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रहरी परिसरहरू तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।
निर्वाचन प्रहरी छनोट प्रक्रियामा पूर्वसुरक्षाकर्मी तथा पूर्ववन रक्षक, पछिल्लो समय विभिन्न सुरक्षा निकायको भर्नामा आवेदन दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवार, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक सेवा दिएका व्यक्ति, विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिक, सरकारले निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै योग्य र अनुभवी जनशक्तिलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।




