Logo
१० असार २०८३, बुधबार

कांग्रेसको दोस्रो विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता अहिले बिहान ८ बजेदेखि

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार ०७:०१ मा प्रकाशित

काठमाडौँ। आजदेखि शुरू हुने नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अधिकांश जिल्लाबाट विशेष महाधिवेशन पक्षधर काठमाडौँ आइसकेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता अहिले बिहान ८ बजेदेखि शुरू हुने भएको छ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ।

उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिइ आउनसमेत अनुरोध गरेका छन्।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ।

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए।

कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ।

संस्थापनको बेवास्तापछि सोही विधानको दफालाई टेकेर कांग्रेसलाई पुनःजागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो।

मनोजमणि आचार्य विशेष महाधिवेशन