Logo
३० पुस २०८२, बुधबार

कञ्चनपुरको बेलौरीमा माघ म्याला, विभिन्न व्यक्तित्व सम्मानित

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार ०७:०१ मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा ‘माघ म्याला २०८२’ आयोजना गरिएको छ। थारु समुदायको नयाँ वर्ष तथा विशेष पर्वका रुपमा मनाइने माघीको अवसरमा मेला आयोजना गरिएको हो।

संघीय पूर्व खानेपानी मन्त्री वीना मगर, प्रदेश सभा सदस्य दिवानसिं बिष्ट, बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीलगायतको आतिथ्यतामा विभिन्न व्यक्तित्व सम्मानित भएका थिए।

पूर्व मन्त्री मगरले कैलाली हस्पिटल प्रालि धनगढीका डा विवेक जोशी र डा आकाश राउतलाई सम्मान गरेकी थिइन्। जटिल अवस्थाका विमारीको समेत कुशलतापूर्वक उपचार गरेकोमा डाक्टरद्वय सम्मानित भएका हुन्।

थारु सँस्कृतिका विभिन्न झाँकी, साँस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको म्यालामा स्थानीय मौलिकता झल्कने स्टलहरु राखिएको थियो।

कैलाली अस्पताल प्रालि

ट्रेन्डिङ ( साप्ताहिक )