

काठमाडाैं। दाेस्रो विशेष महाधिवेशनअघि कांग्रेसले र्याली आयाेजना गरेको छ।
विभन्न ६ स्थानबाट उद्घाटनअघि जुलुस निकालिने आयोजकले जनाएको छ।
दिउँसो १ बजे उद्घाटनकाे तयारी गरेको विशेष महाधिवेशन पक्षधरले त्यसअघि जुलुस निकाल्न लागेको हो।
यी हुन जुलुस निकालिने रुट
१ नम्बर रुट
जम्मा हुने स्थान : सुन्धारा
सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरूका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन् । काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् ।
यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।
२ नम्बर रुट
जम्मा हुने स्थान : रत्नपार्क
रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी भाग तथा काठमाडौंको क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुनेछन् ।
रत्नपार्कबाट पुरानो बसपार्क हुँदै जुलस विशेष महाधिवेशनस्थल पुग्नेछ ।
३ नम्बर रुट
जम्मा हुने स्थान : पद्मकन्या क्याम्पस
पद्मकन्या क्याम्पसबाट आउने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन् । काठमाडौंका ५, ६ र ७ का सबै नेता–कार्यकर्ता यो जुलुसमा सहभागी हुनेछन् ।
यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
४ नम्बर रुट
जम्मा हुने स्थान : शंकरदेव क्याम्पस
यो रुटको जुलसका लागि पुतलीसडकस्थित पद्मोदय–शंकरदेव क्याम्पसलाई जम्मा हुने स्थान तोकिएको छ। भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौंका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका नेता–कार्यकर्ता यो जुलसमा सहभागी हुनेछन्। यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।
५ नम्बर रुट
जम्मा हुने स्थान : कमलपोखरी
यो रुटमा काठमाडौंका निर्वाचन क्षेत्र १ र ४ का सबै नेता–कार्यकर्ता यहाँ जम्मा भई कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन् ।
६ नम्बर रुट
जम्मा हुने स्थान : कुपण्डोल
ललितपुरको कुपन्डोलबाट निस्कने जुलुसमा ललितपुर, मकवानपुरका सहभागीको सहभागिता रहने नेता केसीले जानकारी दिए ।
कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै यो जुलुस भृकुटीमण्डप प्रवेश गर्नेछ।
गगन थापा विशेष महाधिवेशन



