Logo
३० पुस २०८२, बुधबार

सुनको मूल्य तोलामा २८ सयले बढ्यो, चाँदी पनि महँगियो

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार ११:०१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।

यससँगै उपभोक्ताले एक तोला सुन किन्न दुई लाख ७० हजार ६०० रुपैयाँ खर्चिनुपर्नेछ ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ कायम थियो ।

सुनचाँदी

ट्रेन्डिङ ( साप्ताहिक )