Logo
३० पुस २०८२, बुधबार

सभापति देउवालाई चन्द्र भण्डारीको अपिल : घेरा त्यागेर नेतृत्व हस्तान्तरण गर्न आउनुस

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार ०८:०१ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका वौद्धिक नेता डा चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई निश्चित नेताहरुको घेराबाट उम्कन सुझाव दिएका छन्।

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित दोस्रो विशेष महाधिवेशनमा सम्बोधन गर्दै नेता भण्डारीले देउवालाई विशेष महाधिवेशन स्थलमा आएर सुझबुझपूर्ण तरिकाले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका हुन्।

‘किसूनजीका अनुयायी आदरणीय शेरबहादुर देउवा दाइ, त्यो घेरा छाडेर आउनुहोस, कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न आएको छु भन्नुहोस’, उनले सुनाए, ‘साथीहरु, बिरालाले भन्छ अरे- यो घरको मालिक मर्‍यो भने अगेनामा गएर आगो ताप्ने थिएँ। जबकी दाउरा जोड्ने मान्छे भएन भने अगेना सँधै तातो रहँदैन।’

उनले कांग्रेस र एमाले दुई ठूला दलले सरकार बनाउँदा राजाले गद्दी छाडेको भन्दा बेहाल अवस्था भएको बताए।

नवयुवाहरुले परिवर्तनको चाहन राखेकाले भदौ २३ र २४ मा अभिव्यक्त भएको चाहनाको सम्मान गर्दै पार्टीलाई नयाँ नेतृत्व र देशलाई नयाँ दिशा दिन उनले अपिल गरे।

चन्द्र भण्डारी नेपाली काँग्रेस विशेष महाधिवेशन

ट्रेन्डिङ ( साप्ताहिक )