

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले वृद्धि भई तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। महासङ्घका अनुसार सोमबार चाँदीको मूल्य तोलामा २ सय ५ रुपैयाँले बढेर तोलाको ५ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदी तोलाको ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र स्थानीय मागको प्रभावका कारण सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि देखिएको व्यवसायीहरूको भनाइ छ।
सुनचाँदी



