Logo
३० पुस २०८२, बुधबार

एसबीआई बैंक लुटपाट प्रकरणः ४ जना पक्राउ, १ करोड ८० लाखभन्दा बढी रकम बरामद

अक्षरपाटी
२०८२ पुस ३० , बुधबार १०:०१ मा प्रकाशित

काभ्रेपलाञ्चोक। नेपाल एसबीआई बैंकको घ्याङलेख–२, बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति भएको लुटपाट घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई घ्याङलेख–१, सुकाचुरी क्षेत्रबाट स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार हालसम्म ४ जना पक्राउ परिसकेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

मंगलबार राति पाँचदेखि छ जनाको समूहले बैंकमा लुटपाट गरी ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ नगद लुटेको थियो। लुटपाटपछि प्रहरीले तत्कालै खोजतलास तीव्र पारेको थियो।

प्रहरी र स्थानीयको सक्रिय सहयोगमा विभिन्न स्थानबाट लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरिएको एसपी सुवेदीले बताए।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ भने बरामद रकम, पक्राउ परेका व्यक्तिहरू र घटनाको विस्तृत विवरणबारे थप अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

बैंक लुटपाट

ट्रेन्डिङ ( साप्ताहिक )