Logo
३० पुस २०८२, बुधबार

विशेष महाधिवेशन पक्षधरले पठाएका ‘खास’ प्रस्ताव सँस्थापनद्वारा अस्वीकार

अक्षरपाटी
२०८२ पुस ३० , बुधबार ०२:०१ मा प्रकाशित

काठमाडौं। नेपाली काँग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले पार्टी पुट्ने भन्दै सँस्थापन र विशेष महाधिवेशन पक्षधरबीच मंगलबारदेखि वार्ता भयो।

वार्ता निस्कर्षविहीन भए पनि सानेपामा केन्द्रीय समिति बैठक बसिरहँदा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आठवटा प्रस्ताव राखेका थिए।

जसमा विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने प्रस्ताव विशेष महाधिवेशन पक्षधरले अघि सारेको थियो।

त्यस्तै उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने, आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने, कुनैपनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने, नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने र यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय उस्चस्तरीय संरचना बनाउने थियो।

तर सँस्थापन पक्षले तींमध्ये मुख्य मानिएका तीनवटा प्रस्ताव स्वीकार गर्न नसकिने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जवाफ फर्काएका छन्।

सँस्थापनले देउवा निष्क्रिय हुने प्रस्ताव पनि उपसभापति खड्काले अस्वीकार गरेका छन्।

यसले पार्टीमा सहमतिको प्रयास करिब करिब बिफल भएको र विशेष महाधिवेशनले नै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने विश्लेषण हुन थालेको छ।

नेपाली काँग्रेस विशेष महाधिबेसन

ट्रेन्डिङ ( साप्ताहिक )