

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशसहित तीन जनालाई पाँच वर्षका लागि निष्काशन गरेको छ।
सानेपामा बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षको कार्बाही गर्ने निर्णय गरेको हो।
केन्द्रीय समितिको निर्णय विपरीत विशेष महाधिवेशन बोलाएको लगायतका आरोप लगाउँदै कारबाही गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।
बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय सहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको प्रचारप्रसार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।
उनले भने, ‘उहाँहरुलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी आजैदेखि लागू हुनेगरी निष्कासित गर्ने निर्णय भएको छ।’
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति बैठकबाट निष्कासन गर्ने निर्णय गरिएको हो। बैठकले विशेष महाधिवेशनमा गएकाहरूलाई फर्किनसमेत आग्रह गरेको छ।
‘आकर्षण र लहैलहैमा लागेर साथिहरुले पार्टीको हित विपरित कार्य गर्ने अन्य पदाधिकारीहरुलाई पार्टीमा फर्कन आव्हान गरेको छ,’ उनले भने।
वार्ता गर्दा पनि उचित निर्णयमा पुग्न नसक्दा यो कठोर निर्णयमा पार्टी पुगेको उनले बताए।




