Logo
६ माघ २०८२, मंगलबार

निर्वाचन २०८२ : देशभर मनोनयन दर्ता सुरु

अक्षरपाटी
२०८२ माघ ६ , मंगलबार १२:०१ मा प्रकाशित

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि देशभर उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ।

आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको प्रक्रिया उत्साहपूर्वक सुरु भएको हो।

आज प्रत्यक्षतर्फको मनोनयनका लागि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लाम लाग्ने उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराउन पाउनेछन्।

आयोगले उम्मेदवारी दर्ताका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रसहित १३ प्रकारका विभिन्न कागजातहरू अनिवार्य गरेको छ।

मनोनयन दर्ताको प्रक्रिया सकिएलगत्तै आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिने छ।

अहिलेसम्म टिकट लिएर टाढा टाढा जिल्लाका उम्मेदवारहरु आ आफ्नो निर्वाचन कार्यालय पुगेको र कतिपय पुगिरहेको बुझिएको छ।

निर्वाचन आयोग