Logo
२६ फागुन २०८२, मंगलबार

आधिकारिकताका लागि दबाब दिन देउवा पक्षका नेता-कार्यकर्ता आयोगमा

अक्षरपाटी
२०८२ माघ २ , शुक्रबार ११:०१ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति चयन भएपछि यतिबेला कांग्रेसमा आधिकारिकताको लँडाइ सुरु भएको छ।

आधिकारिकता विवादबारे निर्वाचन आयोगले अध्ययन गरिरहेका बेला नेपाली कांग्रेस देउवा पक्षका नेता-कार्यकर्ता दबाब दिन आयोग पुगेका हुन्।

तरुण दलको दस्तासहित आयोग पुगेका देउवा पक्षका नेताहरुले आफ्ना कुरा राख्न आयोग पुगेको बताएका छन्।

पुस २७ बाट सुरु भएको विशेष महाधिवेशनले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ।

नयाँ कार्यसमिति बनेसँगै थापा र देउवा पक्षले आ-आफ्नो आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

दाबी उपर आयोगले छानविन गरिरहेका बेला देउवा पक्ष आयोगमा दबाब दिन पुगेको हो।

निर्वाचन आयोग नेपाली कांग्रेस