Logo
६ माघ २०८२, मंगलबार

कैलाली ५ मा कांग्रेसका उम्मेदवार ‘मनु’को मनोनयन

अक्षरपाटी
२०८२ माघ ६ , मंगलबार ०४:०१ मा प्रकाशित

कैलाली। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली ५ बाट नरनारायण शाह ‘मनु’ले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसका युवा नेता तथा अग्रजदेखि युवासम्म लोकप्रिय नेता शाहले उम्मेदवारी दर्ता गराएका हुन्।

विगतमा निकै चासोका साथ हेरिने कैलाली क्षेत्र नम्बर ५ मा यसपट पनि कसले टिकट पाउने भन्ने चर्चा थियो।

पारिपारिक राजनीतिक पृष्ठभूमि बलियो भएका नेता शाह निष्ठावान्, बहुप्रतिभाशाली, कर्मशील र मिलनसार नेताका रुपमा चिनिन्छन्। नेपाली कांग्रेसमा उनको विद्यार्थीकालदेखि नै याेगदान रहँदै आएको छ।

नरनारायण शाह 'मनु'