Logo
८ माघ २०८२, बिहीबार

उग्रतारा माताको दर्शनबाट नैनसिंहले सुरु गरे चुनावी अभियान

अक्षरपाटी
२०८२ माघ ७ , बुधबार ०१:०१ मा प्रकाशित

डडेल्धुरा। आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारीका रुपमा नैनसिंह महरले डडेल्धुराबाट टिकट पाए।

हिजै डडेल्धुरा पुगेर मनोनयन दर्ता गराएका महरले आज डडेल्धुरामा अवस्थित सुदूरपश्चिमकै प्रमुख शक्तिपीठमध्यको उग्रतारा माताको दरबारबाट चुनावी प्रचार सुरु गरेका छन्।

उनले आफूले निकै ऐतिहासिक भूमीको जिम्मेवारी बहन गर्ने अवसर पाएको बताउँदै अक्षरपाटीसँग भने, ‘नेपाली राजनीतिमा निष्ठा र त्यागका पर्याय, आदरणीय नेता एवं अभिभावक शेरबहादुर देउवाज्युको ‘राजनीतिक उत्तराधिकारी’ र जनसेवकका रूपमा उम्मेदवारी दर्ता गराउन पाउनु मेरा लागि गौरवको क्षण हो।’

उनले नेपालका प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानी, मुक्ति क्रान्तिका नायक किशान नेता भिमदत्त पन्त र लोकतन्त्रवादी योद्धा डडेल्धुरा कांग्रेसका संस्थापक एनडीप्रकास चटौतलगायत अग्रज पुस्ताले कोरेको लोकतान्त्रिक मार्गलाई अझ फराकिलो बनाउँदै त्यसलाई सुदूरपश्चिमको स्वाभिमान र सिङ्गो देशको रूपान्तरणसँग जोड्ने ऐतिहासिक दायित्वको प्रारम्भ भएकाले त्यसलाई निष्ठा र विवेकका साथ पुरा गर्ने पनि बताए।

डडेल्धुरा भन्ने वित्तिकै देउवा र देउवा भन्ने वित्तिकै डडेल्धुराजस्तै मान्नेता कांग्रेसको राजनीतिमा स्थापितजस्तै छ। तर यो मान्यता ३४ वर्षपछि बदलिएको छ।

जहाँ २०४८ सालपछि पहिलोपटक नेपाली काँग्रेसको तर्फबाट शेरबहानुर देउवावाहेकका उम्मेदवार चुनावी मैदानमा छन्।

नैनसिंह महरको विद्यार्थी कालदेखिको राजनीति र युवा सोचका कारण उनको सम्भावनालाई बलियो रुपमा हेरिएको छ।

नेपाली कांग्रेस नैनसिंह महर