Logo
२२ वैशाख २०८३, मंगलबार

२०४८ सालपछि डडेल्धुरामा कांग्रेसको फरक अनुहार, नैनसिंह महर उम्मेदवार

अक्षरपाटी
२०८२ माघ ६ , मंगलबार १०:०१ मा प्रकाशित

काठमाडौं। कांग्रेसको राजनीतिमा डडेल्धुरा र शेरबहादुर देउवा एकअर्काको प्रयायजस्तै मानिन्छन्।

डडेल्धुरा भन्ने वित्तिकै देउवा र देउवा भन्ने वित्तिकै डडेल्धुराजस्तै मान्नेता कांग्रेसको राजनीतिमा स्थापितजस्तै छ। तर यो मान्यता ३४ वर्षपछि बदलिएको छ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि सभापतिमा गगन थापा निर्वाचित भएपछि डडेल्धुराको मान्यता पनि बदलिएको छ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसबाट ३४ वर्षदेखि निरन्तर उम्मेदवार बन्दै आएका शेरबहादुर देउवा यसपटक उम्मेदवार बनेनन्।

उनको ठाउँमा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उनकै निकट युवा नेता नैनसिंह महर उम्मेदवार बनेका छन्।

१४ वर्षकै उमेरदेखि राजनीति चेत बोकेर हिँडेका महर पत्रकारिता त्यागेर विद्यार्थी राजनीतिमा लागेका व्यक्ति हुन्।

उनी नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य र पार्टीको शिक्षा विभाग प्रमुख समेत थिए।

यसपटक कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई देउवाको ठाउँमा उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेपाली कांग्रेस नैनसिंह महर

ट्रेन्डिङ ( साप्ताहिक )