Logo
२१ फागुन २०८२, बिहीबार

बालेनले भने : पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

अक्षरपाटी
२०८२ माघ १६ , शुक्रबार ०९:०१ मा प्रकाशित

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सहिद दिवसको अवसरमा विशेष सन्देश जारी गर्दै ८५ वर्षमा पटक-पटक सत्ता फेरिए व्यवस्थगा फेरिए पनि सत्ताकाे चरित्र नफेरिएको बताएका छन्।

राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति सम्मान व्यक्त गर्दै उनले तत्कालिन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष भए पनि अवस्था उस्तै रहेको बताएका छन्।

‘चार सहिदको हत्या दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन’, बालेनले सामाजिक सञ्जालमा सन्देश दिँदै भनेका छन्, ‘यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो। ८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन।’

पटक-पटक नेपाली जनता सहिद भए तर सहिदका सपना पुरा हुन नसकेकाेले ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपरेकाे उनले बताएका छन्।

‘अहिले हामी ती सहिदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं। लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ’, बालेनले लेखेका छन्,’ राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ।’

यी शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई नभएको उनले जिकिर गरेका छन्।

‘अब समय आएको छ- सहिदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने ।
सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने’, उनले भनेका छन्, ‘यसपटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको स्मरण गर्दै वहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो। फेरी कसैले शहीद बन्नु नपरोस् ! सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली, सम्मान।’

बालेन शाह सहिद दिवश

ट्रेन्डिङ ( साप्ताहिक )