Logo
२१ फागुन २०८२, बिहीबार

काठमाडौंका फुटपाथमा काम गरेर खाने मजदूरको गास खोसिँदैन – गगन थापा

अक्षरपाटी
२०८२ माघ १७ , शनिबार ०२:०१ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘नेपाली युवाहरू अब विदेशमा भौतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ।’

उनले काठमाडौँका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने, कसैको बाँच्‍ने आधार नखोसिने बताए।

‘काठमाडौँमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदूरहरूको गास खोसिँदैन’, उनले भने ।

गगन थापा

ट्रेन्डिङ ( साप्ताहिक )