



उदयपुर। आसन्न फागुन २१ को निर्वाचनलाई लक्षित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेन यतिबेला देशव्यापी चुनावी दौडमा छन्।
चुनाव प्रचार अभियानमा रहेका बालेन आज उदयपुरका उम्मेदवार र कार्यकर्तासँग भेटवार्ता गरेका छन्।बिहीबार बिहानै उदयपुर पुगेका उनले उदयपुर २ का रास्वपा उम्मेदवार सूर्यबहादुर तामाङसहित रास्वपाका कार्यकर्तासँग भेट गरेका हुन्।
हिजो दिउँसो बराहक्षेत्र हुँदै खुवालुङ पुगेका बालेन बिहीबार बिहान कोसीपुल तरेर साबिकको सगरमाथा अञ्चलका जिल्लाको यात्रामा निस्केका हुन्।
बालेनले आज बिहान उदयपुरको बेल्टारमा समर्थकसँग बिताएका छन्। उनी त्यहाँबाट गाईघाट हुँदै मोतीगडा, देउरी, चुहाडे तथा कटारी जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
बालेनले आजै दिउँसो खोटाङको हलेसी पुगेर त्यहाँ समर्थक तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नेछन्। खोटाङपछि उनी ओखलढुङ्गा जाने उनको सचिवालयले जनाएको छ।
बालेन शाह



