Logo
६ असार २०८३, शनिबार

धनगढीमा बाजेको सेकुवा

अक्षरपाटी
२०८२ माघ २८ , बुधबार ०५:०२ मा प्रकाशित

धनगढी। स्वदेश तथा विदेशमा पनि शाखा भएको ‘बाजेको सेकुवा’ले धनगढीबाट समेत व्यवसाय सुरु गरेको छ।

धनगढीको सहिदगेट-क्याम्पस राेडको मध्यभागमा पर्ने निशर्ग हस्पिटल नजिकै शाखा विस्तार गरेको हो।

धनगढीमा खुलेको सेकुवा घरको गायक चक्र बमले उद्घाटन गरका हुन्। चार दशकअघि काठमाडौंको त्रिभुवन विमानस्थल नजिकै एक टहरोबाट सुरु भएको बाजेको सेकुवा हाल नेपाल तथा विदेशमा पनि आफ्नो ब्रान्ड स्थापित गर्न सफल भएको छ।

धनगढीका केही युवा व्यवसायीले यसकाे फ्रेन्चाइज लिएर उही गुणस्तर र स्वादमा व्यवसाय सुरु गरेको बताएका छन्।

ऐश्वर्य क्याम्पस नजिकै सञ्चालनमा ल्याइएको बाजेको सेकुवामा मदिरा र धुमपानजन्य पदार्थ समेत बिक्री हुने विषयलाई लिएर सवाल पनि उठाइएको छ।

बाजेको सेकुवा