Logo
१५ फागुन २०८२, शुक्रबार

भ्रष्टाचार अन्त्य गर्न कुनै कसर बाँकी राख्दिनँ : प्रेमबहादुर आले

अक्षरपाटी
२०८२ फागुन १३ , बुधबार ११:०२ मा प्रकाशित

फागुन १३, धनगढी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कैलाली जिल्ला क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलेले देशबाट भ्रष्टाचार अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज धनगढी उपमहानगरपालिका–१६ घुरहीमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने बताए।

उनले भने, ‘नेपाललाई समृद्ध र सुशासनयुक्त राष्ट्र बनाउन भ्रष्टाचार अन्त्य अनिवार्य छ। म जनताको विश्वास जितेर संसद्मा पुगेपछि भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नेछु।’

आलेले विगतका सरकारहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै अब पारदर्शिता, जवाफदेहिता र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाP।

उनले युवाहरूलाई रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक न्याय स्थापना आफ्नो मुख्य एजेण्डा रहेको स्पष्ट पारे।

नेता आलेले जनताको साथ र समर्थनले मात्रै परिवर्तन सम्भव हुने उल्लेख गर्दै आसन्न निर्वाचनमा आफ्नो पक्षमा मत दिन आग्रह गरे।

कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विकास निर्माण, रोजगारी र सुशासनका विषयमा आफ्ना सुझाव राखेका थिए।

धनगढी निर्वाचन नेकपा प्रेम आले

ट्रेन्डिङ ( साप्ताहिक )