Logo
२१ फागुन २०८२, बिहीबार

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

अक्षरपाटी
२०८२ फागुन १३ , बुधबार ०२:०२ मा प्रकाशित

काठमाडौं । निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी निर्वाचनको क्रममा घाइते भए उपचार खर्च राज्यले नै बेहोर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले बुधबार आयोजित प्रेस ब्रिफिङमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।

यस्तै, निर्वाचन अवधिमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत गरिएको छ। सरकारले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )