Logo
२४ फागुन २०८२, आईतबार

कांग्रेस महामन्त्री पौडेललाई वरिष्ठ कलाकार शाहले भने- ‘अल द बेष्ट’

अक्षरपाटी
२०८२ फागुन १३ , बुधबार ०४:०२ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जीतको शुभकामना दिएका छन्।

बुढानीलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले पौडेललाई जीतको शुभकामना दिएका हुन्।

भेटका क्रममा केहीबेर समसामयिक भलाकुसारी गरेका शाहले जितको शुभकामना दिंदै अल द बेस्ट भनेका थिए।

महामन्त्री पौडेल काठमाडौं ५ का विभिन्न क्षेत्रमा मतदातमाझ घरदैलोमा सक्रिय छन्। यसक्रममा बुधबार उनले बुढानीलकण्ठ नगरपालिका-६ का भद्रकाली, खड्का टोल, इटालीटार, खड्का गाउँ, न्यू कोलोनी, गणेश चोक लगायतका ठाउँमा घरदैलो गरेका थिए।

यसैगरी, बुढानीलकण्ठ ४ का शिव मन्दिर, सुनाखरी टोल, चपली कार्की गाउँलगायतका ठाउँमा घरदैलो गरेका थिए। त्यसक्रममा उनले विकास निर्माणका क्षेत्रमा पुर्याएको योगदान तथा स्वास्थ्य मन्त्रीका रुपमा अघि बढाएका सुधारका काम सकारात्मक भएको भन्दै मतदाताले जितका लागि शुभकामना दिए।

उम्मेदवार पौडेलले विगतमा इमान्दारिताका साथ क्षेत्र र राष्ट्रिय मुद्दाहरुमा सक्रियतापूर्वक काम गरेको भन्दै अलपत्र रिङरोडको कामलाई गति दिन, मेलम्ची खानेपानीको सुधार तथा विस्तार, विष्णुमति करिडोर लगायतका काम क्षेत्रमा अघि बढेको र सांसद तथा मन्त्रीका रुपमा स्वास्थ्य सुधारमा काम गरेको बताए।

आगामी दिनमा पनि क्षेत्रका विकासका मुद्दाका साथै देशलाई समृद्धितर्फ लैजान इमान्दारिताका साथ लागि पर्ने प्रतिबद्धता उनले जनाएका थिए।