Logo
१५ फागुन २०८२, शुक्रबार

रास्वपा नवलपरासीका सभापति ठकुरी कांग्रेसमा प्रवेश

अक्षरपाटी
२०८२ फागुन १४ , बिहीबार ०६:०२ मा प्रकाशित

नवलपरासी । नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएका हुन् । उनले ठकुरीलाई खादामालाले स्वागत गरे।

नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।

ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताए ।

नवलपरासी रास्वपा

ट्रेन्डिङ ( साप्ताहिक )