Logo
१५ फागुन २०८२, शुक्रबार

स्वदेशी तरकारीको वकालत गर्दै बालेन : विचौलिया र नेताको सिन्डिकेटले किसानलाई मारियो

अक्षरपाटी
२०८२ फागुन १५ , शुक्रबार ०३:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशबासीलाई स्वदेशमै उत्पादन भएको तरकारी उपभोग गराउन राज्यले ठोस नीति लिनुपर्ने बताएका छन्।

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले किसानहरूलाई केही नेता र विचौलियाको सिन्डिकेटले अन्याय गरिरहेको आरोप लगाए। उनका अनुसार सीमित समूहको स्वार्थका कारण विदेशबाट आयातित तरकारी सस्तो देखाएर स्वदेशी उत्पादनलाई महँगो जस्तो देखाइने गरिएको छ।

‘देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ। किसानलाई सही मूल्य दिन जरुरी छ,’ उनले भने।

चितवनका किसानले उचित मूल्य र बजार नपाइरहेको उल्लेख गर्दै उनले अनुदानको नाममा कृषि क्षेत्रलाई भ्रममा पारिएको दाबी गरे। ‘केही सीमित विचौलिया र नेताहरूको सिन्डिकेटले अनुदानको आडमा कृषि चल्छ भन्ने देखाइएको छ। त्यो सस्तो जस्तो देखाएर यहाँको किसानलाई मार्ने काम भएको छ,’ उनले आरोप लगाए।

बालेनले किसानमैत्री बजार व्यवस्था र पारदर्शी मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै यस्तो प्रवृत्ति रोक्न आवश्यक रहेको बताए।

बालेन शाह रास्वपा

ट्रेन्डिङ ( साप्ताहिक )