Logo
९ वैशाख २०८३, बुधबार

कैलाली कारागारका २६ कैदीबन्दीले गरे मतदान

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०३:०३ मा प्रकाशित

धनगढी । कैलाली कारागारमा रहेका २६ जना कैदीबन्दीले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदान गरेका छन्।

मतदान अधिकृत शिवराज जोशीका अनुसार कारागारमा रहेका ३० जनाको नाम मतदाता नामावलीमा समावेश थियो। तीमध्ये २६ जनाले समानुपातिकतर्फ मत खसालेका हुन्।

उनका अनुसार तीन जना कैदीबन्दी यसबीचमै छुटिसकेका र एक जना कञ्चनपुर सरुवा भएकाले चार जनाले मतदान गर्न पाएनन्।

कुल ५१२ कैदीबन्दी आश्रित रहेको कैलाली कारागारमा मतदानका लागि कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो।

कैदीबन्दीले गरे मतदान निर्वाचन