Logo
३ वैशाख २०८३, बिहीबार

प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति थापाको टोलीद्वारा भेटवार्ता

अक्षरपाटी
२०८२ चैत्र १ , आईतबार ०७:०३ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वको टोलीले भेटवार्ता गरेको छ।

सभापति थापासहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री कार्कीसँग समसामयिक राजनीतिक विषय, सरकार–दलबीचको समन्वय तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गरेको जनाइएको छ।

भेटका क्रममा सरकारका प्राथमिकता, समसामयिक राजनीतिक घटनाक्रम र आगामी राजनीतिक कार्यदिशाबारे पनि कुराकानी भएको स्रोतले जनाएको छ। भेटमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा, गृहमन्त्री ओमप्रकाश अर्याललगायतको उपस्थिति थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटलाई सम्पन्न निर्वाचनपछिको राजनीतिक सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।

गगन थापा सुशीला कार्की

ट्रेन्डिङ ( साप्ताहिक )