




बाजुराः बाजुराबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा दुई हजार ४२६ जना विद्यार्थी सहभागी हुने भएका छन्।
परीक्षाका लागि आवश्यक हाजिरी पु¥याएका नियमिततर्फका दुई हजार ४२६ विद्यार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ। परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन भएको दिनको कम्तीमा ७५ प्रतिशत हाजिरी हुनुपर्ने व्यवस्था रहेको जनाइएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टका अनुसार यस वर्षको एसइई परीक्षा चैत १७ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरिसकेको उनले बताए।
एसइई परीक्षाका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र तोकिएका छन्। केही दिनभित्रै केन्द्राध्यक्ष चयन गरी गत वर्षझैँ यस वर्ष पनि परीक्षालाई स्वच्छ र सभ्य रूपमा सञ्चालन गर्ने तयारी भइरहेको सूचना अधिकारी विष्टले जानकारी दिए।




